बाढी पीडितलाई सिटिजन्स बैंकको सहयोग, प्रधानमन्त्री राहत कोषमा २५ लाख

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । विगत दुई दिनदेखि परेको भारी वर्षाका कारण नेपालका धेरै भागमा धनजनको क्षती हुनुका साथै दैनिक जनजीवन र यातायात प्रभावित भएको छ ।

सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खाँचोमा परेकाहरुलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने सिटिजन्स बैंकमा हामीले यस संकटको घडीमा सहयोग गरिरहेका छौं र हाम्रो सीमित स्रोतसाधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here