काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका पश्चिम क्षेत्रमा पानी परिरहेको छ । अहिले गाेरखा, तनहुँ, चितवन, नवलपुर तथा
बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन/चट्याङ्ग, हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानी पर्ने क्रम पर्सि शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै हिमाली भेगमा केहि स्थानमा हिमपात र मध्यम वर्षाको सम्भावना छ ।
