बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, बाग्लुङलगायतका क्षेत्रको मुख्य मार्ग भएकाले लामो समय सडक बन्द हुँदा सेवाग्राहीले वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ ।

काठमाडौंमा मेलम्चीको पानी हिउँदमा मात्रै, वर्षायाममा नआउने

तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

शनिबारबाट रसुवागढी नाका पूर्ण रुपमा सूचारु हुने, पर्यटक समेत आवतजावत गर्न...

उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चल्ने भएको छ । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको सीमा, व्यापार र सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्रको पहिलो बैठकमा आगामी अप्रिल १ (चैत १८) देखि रसुवागढी–केरूङ नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो।

प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरे पन्थहिटी-कटहरे-साहिलटार सडक (फोटोफिचर)

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरु पनि पुगेका थिए ।

नौबिसे-नागढुंगा सुरुङमार्गको काम ७६ प्रतिशत सकियो

नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार फागुन २८ गतेसम्म सुरुङ खन्ने काम ७६.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) रहेकोमा हालसम्म ४ हजार १९७.४० मिटर निर्माण सम्पन्न भएको हो ।

राजधानीमा परीक्षण सकिएका नयाँ पाइपलाइनबाट खानेपानी वितरण

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भएका छन् ।

नारायणगढ–मुग्लिन सडक बन्द नहुने, आजदेखि पूर्ण सञ्चालन

सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक ९ देखि ११ मिटर फराकिलो रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन्।

उद्घाटनको दुई वर्षमा पनि चढ्न पाइएन् धरहरा,पाँचौं पटक समय थप्ने तयारी

६० प्रतिशत पनि निर्माण नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका धरहराको २० प्रतिशत काम सकिन बाँकी छ ।

हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ चैत १० गतेसम्म पूर्णरुपमा बन्द

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो ।

मनोहरामा अतिक्रमित घर-टहरा हटाउन ७ दिनको ‘अल्टिमेटम’

मनोहरा जग्गा एकीकरण आयोजना टेकुले गोरखापत्रमा सूचना जारी गर्दै आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन ७ दिनको समय दिएको छ।