ओपोले ‘गुगल डेभलपर डेज् चाइना २०१९’ मा नयाँ क्यामेरा एक्स प्रदर्शन गर्यो

काठमाडौं, २७ भदौ । ओपोले गुगलको क्यामेरा एक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सहभागी हुने घोषणा गरेको छ ।

क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो ।

शाङघाईमा भाद्र २५ मा आयोजित गुगल डेभलपर डेज् चाइना २०१९ (जीडीडी चाइना २०१९) मा ओपोको ईमेजिङ प्रविधि र क्यामेरा एक्सद्वारा सञ्चारित रेनो १०एक्स जुम ह्याण्डसेट मार्फत प्रदर्शित गरिएको थियो ।

कार्यक्रम मार्फत ओपो र गूगलले नयाँ समाधान सपोर्ट गर्ने क्षमता सहितका ओपो स्मार्टफोनका लाइनअपको घोषणा पनि गरेको थियो ।

विकासकर्ताहरु लाई फोनमै रहेका क्यामेरा एप मार्फत क्यामेरा अनुभव र फिचर्स थप सुदृढ गर्न सघाउने गूगलको क्यामेराएक्स एण्ड्रोइड सोल्यूशन ओपो रेनो १० एक्स जुम र नयाँ ओपो रेनो २ लगायत विभिन्न ओपो उपकरणले सपोर्ट गर्ने कम्पनीले बताएको छ ।

उपकरणकालागि विशेष निर्मित कुनै कोड विना, क्यामेराएक्स सपोर्ट गर्ने उपकरणले विकासकर्तालाई ओपोको एचडीआर र ब्यूटी क्षमता लगायतको प्रयोग मार्फत सहजै एप अनुभव सुदृढिकरण गर्न सघाउँ कम्पनीको दाबी छ ।

जीडीडी चाइना २०१९ मा ओपोले रेनो १० एक्स जुम ह्याण्डसेट्सको माध्यमबाट नयाँ क्षमता प्रत्यक्ष प्रदर्शित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here