प्राधिकरणले भन्यो -‘निःशुल्क विद्युत् वितरण गर्ने हल्ला कपोकल्पित, भ्रमको पछि नलाग्नू’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निःशुल्क विद्युत् वितरण गरिएको भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । सोमवार एक सूचना जारी गर्दै नयाँ वर्षको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सय युनिट विद्युत् निःशुल्क वितरण गरेको भन्ने भ्रम छर्ने काम सामाजिक सञ्जालमा भइरहेको भन्दै यसमा सत्यता नरहेको स्पष्ट पारेको हो ।

लोगो दुरुपयोग गरी त्यस्तो हल्ला गरिएको भन्दै कपोकल्पित सूचनामा विश्वास नगर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणबाट जारी गरिएको आधिकारिक सूचनाबाहेकको हकमा प्राधिकरण जिम्मेवार नहुने समेत सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here