सरकारी कार्यालय खुल्ने समय आजबाट एक घण्टा लम्बियो

काठमाडौं । आजबाट सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लबढेको छ । आजबाट बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार अब ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here