काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु समेत जिम्मेवारीबाट हटाइएका हुन् ।
मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारण भने बताएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् ।