नेवानिका हाकिमसँग पुनः रिसाए पर्यटनमन्त्री, कारण के हो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसँग लगातार दोस्रो दिन पनि रिसाएका छन् । उनले बुधबार निगमको सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यान्वयन भएन रु प्रतिवेदन कार्यन्वयन भए कुन चरणमा पुगेको छ रु भन्दै प्रश्न गरेका छन् । साथै, उनले त्यसको कार्य प्रगति विवरण बुझाउन समेत निर्देशन दिए । उनले न्यारोबडी जहाजको सिट भाँचिएको दुई सातासम्म समेत किन मर्मत नभएको भन्दै प्रश्न गरेका हुन् ।

जवाफमा कार्यकारी अध्यक्ष अधिकारीले हरेक प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको र सबैको यथार्थ विवरण पेस गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, जहाजको सिट बनाउन कानुनी प्रक्रिया पूरा गर्दा समय लागेको र यसका केही दिनमै मर्मत हुने जवाफ दिएका छन् ।

मन्त्री किराँतीले आगामी दिनमा हरेक प्रतिवेदन र मन्त्रालयबाट भएको निर्देशनको स्पष्ट जवाफ र प्रगति विवरण आफूलाई चाहिने र सोहीअनुसार प्रधानमन्त्रीलाई प्रगति विवरण पेस गर्ने उनले बताए । निगम सुधारका लागि पूर्वगर्भनर दीपेन्द्रबहदुर क्षेत्री नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्न पूर्वपाइलट कुलबहादुर लिम्बु नेतृत्वको समितिले आज मन्त्री किराँतीलाई तेस्रो मासिक प्रतिवेदन पेस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here