मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट आज

काठमाडौं । भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४–२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ ।

निर्मला सीतारमणले बिहान ११ बजे लोकसभामा बजेट भाषण पढ़न सुरु गर्ने तयारी छ । यो बजेट महंगी नियन्त्रणमा केन्द्रित रहेको अधिकारीहरुले बताएका छन् । खपत र ग्रामीण अर्थव्यवस्था मजवुत गराउन समेत सरका।माथि दवाव छ । जागिरेहरुलाई समेत केही स्कीम ल्याउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here