काठमाडौँ, १२ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ । साथै, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विचारविमर्श भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
