सुनवलमा बस र टिपर आपसमा ठाेक्किँदा १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर बिहीवार राती सुनवल – ४ अल्कत्रे डाँडा नजिकै एक आपसमा ठोकिएका हुन् ।

घाइतेहरूमध्ये १३ जना देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बसमा सवार ३५ जनामध्ये १७ जना घाइते भएका हुन्। बाँकी यात्रु सकुशल छन्। दुर्घटनापछि टिपर चालक नवलपरासीको सुनवल- १० का २८ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here