भारतले नेपाललाई दिने अनुदान झन्डै साढे २ अर्ब बढायो

काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान रकम करिब साढे २ अर्ब रुपैयाँ बढाएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको आव २०२४/२५ को बजेटमार्फत नेपाललाई दिइने अनुदान बढाएकी हुन् ।

उनले आव २०२४/२५ का लागि नेपाललाई अनुदान दिन ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेकी छिन् । चालु आव २०२३/२४ मा भारतले नेपाललाई अनुदानका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो ।

भारतले बजेटमा छिमेकी देशहरू नेपालसहित भुटान, बंगलादेश, अफगानिस्तान, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमार लगायत मुलुकलाई बजेटमै अनुदान तथा सहुलियत ऋणबापत दिने रकम छुट्याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here