‘उद्योगी व्यवसायीले अपराध गर्छन्, समात्यो वक्तव्यबाजीसहित विरोध हुन्छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लुटमा संलग्न भएको राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थालेको दुखेसो पोखेका छन्।

शुक्रबार पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लुटमा संलग्न भएको राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थालेको दुखेसो पोखेका हुन्

उनले भने, ‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्-हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन। कर्मचारीले गल्ती गर्दा कारबाही गर्‍यो भने कर्मचारी संगठन बोल्न थाल्छन्।

बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । चौधरी कांग्रेस सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भाइ हुन् ।

त्यही प्रसंग लक्षित गर्दै गृहमन्त्रीले भने, ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ । उद्योग व्यवसायीलाई यसो गर्न भएन नि ! हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौं त निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here