यू-१९ विश्वकपमा नचलेका गुल्सन, जसले बनाए ५ खेलमा बनाए २५ रन

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा भारतसँग नेपाल १३२ रनले पराजित भएको छ ।

भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग हारेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

नेपालले यो विश्वकपमा ५ खेल खेल्यो । ५ खेलमा एक खेलमा जित हासिल गर्दा केही खेलाडीबाहेक खेलाडी प्रदर्शन भने सम्झन लायक रहेन ।

सिनियर टोलीबाट खेलिसकेका गुल्सन झाको प्रदर्शन सम्झन लायक भएन । सिनियर टोलीबाट अनुभव बटुलिसकेका गुल्सन यु–१९ टोलीमा ल्याउदा सन्तुलित हुने बताइएको थियो । तर, विश्वकपभरि नै उनको प्रदर्शन राम्रो हुन सकेन । गुल्सनको बलिङ र ब्याटिङ भने हालसम्मकै खराब रह्यो । ५ खेलमा उनीले कुल २५ रन बनाए । ५ खेलमा उनको उच्च स्कोर १८ रन छ ।

उनले पाकिस्तानविरुद्ध १८ रन बनाएका थिए । पहिलो खेलमा न्यूजिल्यान्डविरुद्ध २ रन बनाएका गुल्सनले न्यूजिल्यान्डविरुद्ध १८ रन बनाएका थिए । बंगलादेशविरुद्ध ३ रन बनाएका गुल्सनले अफगानिस्तान र भारतविरुद्ध एक रन बनाएर आउट भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here