मृत भनिएकी पुनम पाण्डे जिउँदै ! फ्यानसित माफी मागिन्

काठमाडौं । भारतीय मोडल पुनम पाण्डे जीवितै रहेको पुष्टि भएको छ । उनले मृत्युको समाचारलाई लिएर माफी मागेकी छन् । आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैँले झुटो भनेकी छिन् । पुनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन् र आफू जिवित रहेको जानकारी दिएकी छिन् ।

पुनम पाण्डेको इन्स्टाग्राममा सार्वजनिक भएको भिडियोमा उनी पूर्णतया राम्रो देखिएकी छिन् । यो भिडियोमा पुनमले आफ्नो मृत्युको खबर सुनाइ रहेकी छिन् । मृत्युको झुटो खबरबारे उनले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउन यो सबै गरिएको बताएकी छिन् । पुनमले भनिन्, ‘म अझै जिउँदै छु, मरेको छैन । पाठेघरको मुखको क्यान्सरका कारण ज्यान बलिदान दिने महिलाको बारेमा म यो भन्न सक्दिन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here