पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो । आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बलिङमा पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३/३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १/१ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here