नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएका छन् ।

नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मालाई घाइते बनाएको प्रहरीले जनाएको छ । उनको देब्रे पाखुरामा गोली लागेको छ ।

विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उनको देब्रे हातको केही भाग काटिएको छ । पसल बन्द गरेर फर्केको समय भएकोले लुटेरा हुनसक्ने आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here