काठमाडौंका सबै पेट्रोल पम्पमा पहेँलो रङ लगाइने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोलपम्पमा पहिचान तथा एकरुपताका लागि पहेँलो रङ लगाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाको सम्मन्वयमा पेट्रोलपम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौँ महानगर क्षेत्रमा ४९ वटा पम्प रहेका छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमूनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाइने छ । त्यसपछि अन्य पम्पमा रङ लगाइँदै जाने महानगरको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here