मेसी र स्वारेजबिना हङकङको पोष्टमा मियामीको ४ गोल

काठमाडौं । नियमित कप्तान लियोनल मेसी र फरवार्ड लुइस स्वारेजबिना इन्टर मियामीले प्रि–सिजन टुरमा पहिलो जित निकालेको छ । मियामीले प्रि–सिजन टुरअन्तर्गत आइतबार भएको खेलमा हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको हो ।

आइतबार हङकङस्थित हङकङ रंगशालामा भएको खेलमा मियामीलाई जित दिलाउन रोबर्ट टेलर, लसन कोनेरी, लियोनर्दो क्याम्पाना र र्यान साइलोरले गोल गरे । हङकङ–११ का हेन्री एनिएरले एक गोल फर्काएका थिए ।

प्रि–सिजनको यसअघिका खेलमा मियामीले एल साल्भाडोरसँग गोलरहित बराबरी खेल्दा एफसी डल्लाससँग १–० को, अल हिलालसँग ४–३ को र अल नासरसँग ६–० को हार बेहोरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here