गण्डकीमा ‘राइड सेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशले राइड शेयरिङको लागि बाटो खुल्ला गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले बनाएको गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० प्रदेश राजपत्रमा प्रकाशित भएसँगै राइड शेयरिङका लागि कानूनी बाटो खुलेको हो ।

उक्त नियमावली अनुसार अव गण्डकी प्रदेशमा निजी सवारीले पनि यात्रु ओसारपसार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसका लागि निजी प्रयोजनका लागि दर्ता भएका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रुको बीमा गरी सेवा दिनसक्ने छन् ।

‘‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त दुईपांग्रे र चारपाङ्ग्रे सवारीले सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्नसक्ने गरी मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here