साफ यू-१९ महिला च्याम्पियनसिप: भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । नेपालले साफ यू–१९ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । आइतबार बंगलादेशको ढाकामा भएको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको हो । नेपाललाई जित दिलाउन ५४औँ मिनेटमा सेनुले निर्णायक गोल गरिन् ।

यसअघि नेपाललाई आयोजक बंगलादेशले ३-१ गोलले पराजित गरेको थियो। जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ । नेपालले ‍अब मंगलबार भारतसँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here