बालविवाह रोक्न संसद्‍मा संकल्प प्रस्ताव, विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्रको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएकी छन्।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम ८० बमोजिम उनले उक्त संकल्प प्रस्ताव दर्ता गराएकी हुन्। विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ ।

संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा बालबालिका को विवाह गर्न नहुने उल्लेख छ । मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाह लाई अमान्य भनेको छ । तथापि, बालविवाह नरोकिएकाले विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न आवश्यक भएको संकल्प प्रस्तावमा उल्लेख छ ।

अब कार्य व्यवस्था समितिबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उक्त संकल्प प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि सभामा छलफलका लागि प्रस्तुत गर्न सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here