३९ लागे कीर्तिमान फुटबलर रोनाल्डो

काठमाडौं । आज क्रिस्टियानो रोनाल्डोको जन्मदिन । रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ को दिन माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो । विश्वको उत्कृष्ट फुटबलर रोनाल्डोका केही रमाइला कुरा बारे चर्चा गरौ ।

उनकी आमाले गरिवीका कारण रोनाल्डो गर्भमा रहदा लगभग गर्भपतन गरेकी थिइन्। गरिव परिवारमा जन्मिएका रोनाल्डोका दुई दिदी र एक दाई छन् । उनका आमाबाबु मारिया डोलोरेस डोस सान्तोस भिभेरोस दा अवेइरो र जोस डिनिस अवेइरो हुन् ।

रोनाल्डो ६ सन्तानका पिता हुन् । तीमध्ये चार जना सरोगेसीमार्फत जन्मिएका हन् । त्यस्तै अर्जेन्टिनी-स्पेनिश मोडेल जर्जिना रोड्रिग्वेजबाट जन्मिएको दुई मध्य एकको जन्मेको केही समयमै मृत्यु भएको थियो । जेठो छोरा क्रिस्टियानो जुनियर हो, जसको जन्म १७ जुन २०१० मा संयुक्त राज्य अमेरिकामा भएको थियो।

रोनाल्डो हाल साउदी अरेबियन क्लब अल नासरबाट ब्यवसायीक फुटबल खेल्छन् । सन् २०२३ मा अल नासरमा आबद्ध हुनुअघि उनले चर्चित युरोपियन क्लबहरूबाट ब्यवसायीक फुटबल खेलिसकेका छन् । यी महान् फुटबलरको नामसँग विश्व फुटबलका थुप्रै कीर्तिमान पनि जोडिएका छन् ।

सन् २००९ मा रियल मड्रिडले क्रिस्टियानो रोनाल्डोको खुट्टाको बीमा १०० मिलियन युरोमा गरेको घोषणा गरेको थियो । रोनाल्डोको कुनै ट्याटु छैन, उनी बोन म्यारो डोनरका रुपमा पनि दर्ता भएका छन् ।

उनको शरीरमा अधिकांश सुपरमोडेलको तुलनामा कम बोसो छ । उनी मैदानबाट ७८ सेमी सम्म उफ्रन सक्छन् । जुन औसत एनबीए खेलाडी भन्दा प्रभावशाली ७ सेमी बढी हो ।
रोनाल्डोले एक वर्षमा २०७ मिलियन अमेरिकी डलर कमाउँछन् ।

जुन फुटबलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो । रोनाल्डोले प्रति इन्स्टाग्राम पोस्ट १.६ मिलियन डलर कमाउन सक्छन् जुन कुनै पनि अन्य सेलिब्रिटीभन्दा बढी हो ।

रोनाल्डो सक्रिय खेल जीवनमा आठ सय गोल गर्ने पहिलो खेलाडी पनि हुन् । उनले राष्ट्रिय टोली र विभिन्न क्लबबाट गरेको गोल सङ्ख्या आठ सयभन्दा बढी छ ।

उनी सन् २०२२ को नोभेम्बरमा आठ सय गोल गर्ने विश्वकै पहिलो फुटबलर बनेका थिए । उनले म्यानचेस्टर युनाइटेड र आर्सनलविरुद्धको खेलमा यो उपलब्धि हात पारेका थिए । त्यो खेलमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि विजयी गोल पनि गरेका थिए ।

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले यो कीर्तिमान सन् २०२१ मा आफ्नो नाममा पारेका थिए । रोनाल्डोले यो कीर्तिमान इरानका खेलाडी अली दाईबाट खोसेका हुन् ।

सन् २०२१ मा आयरल्यान्डविरुद्ध ११०औँ गोल गर्दै उनले यो कीर्तिमान आफ्नो नाममा पारेका थिए । त्यसअघि अली दाईको नाममा एक सय नौ गोलको कीर्तिमान थियो । हाल रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय २८ गोल गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here