दलीय आधारमा सम्बोधन माघ २४ गते, फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । आउँदो फागुन १४ गतेसम्मको प्रस्तावित कार्यतालिकामा सोमबारको बैठकमा दलीय आधारमा सम्बोधन गर्ने कार्यसूची छैन ।

राजनीतिक दलका तर्फबाट सम्बोधन यही माघ २४ गतेको बैठकमा गर्ने तय छ । माघ २४ को बैठकमा शून्य समय समेत राखिनेछ ।

आउँदो बुधबार बस्ने उक्त बैठकमा शून्य समय, दलीय आधारमा मन्तव्य राख्ने, सम्पत्ति शुद्धीकरण, (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकपारित गर्ने प्रस्ताव पेस गरिनेछ ।

त्यसपछिको बैठक आउँदो फागुन ६ गते बस्ने तय छ । ६ गते बस्ने तेस्रो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका छ ।

फागुन १० गते शून्यसँगै विशेष समय थपिएको छ । सोही दिन राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० प्रस्तुत गर्ने कार्यतालिका छ ।

फागुन ११ गते शून्यसँगै विशेष समयमा राखिएका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । त्यही दिन बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक समितिमा पठाउने कार्यसूची पनि छ । भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल समेत गर्ने कार्यतालिकामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here