नेपाल महिला साफ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । भारतसँग पराजित हुँदै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ ।

फाइनल पुग्न जित्नै पर्ने खेलमा भारत विरुद्ध ४-० को फराकिलो हार बहोरेसंगै नेपाल लिग चरण बाटै बाहिरिएको हो । जित सँगै भारतले बंगलादेश विरुद्ध फाइनल भेट पक्का गरेको छ ।

बंगलादेशले आफ्नो पहिलो दुई खेलमा नेपाल र भारत माथि जित निकाल्दै एक खेल अगावै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । नेपालले ३ खेलमा ३ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ । भुटान अंक विहिन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here