महालक्ष्मी विकास बैंकको सीइओमा दिपेश लम्साल

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनी माघ १ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

अब भने बैंकले उनलाई प्रमुख कार्यकारी अधिकृत कै जिम्मेवारी दिएको हो । विगत १५ वर्ष देखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ्ग अनुभव रहेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले राजीनामा दिएपछि बैंकको सीइओ पद रिक्त थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here