सोनाम ल्होसारको तयारीमा यस्तो देखियो बौद्ध स्तुपा (फोटो फिचर)

काठमाडौं । सोनाम ल्होसारका लागि यतिवेला बौद्ध स्तुपा सजिएको छ । आगामी शनिवार परेको ल्होसारका लागि बौद्ध स्तुपासहित देशका विभिन्न स्थानमा रहेका गुम्बाहरु सजाउने कार्य शुरु भइसकको छ ।

खासगरी ह्योल्मो समुदायका मानिसहरूले शताब्दीऔं अघिदेखि मनाउँदै आएको मुख्य पर्व हो सोनाम ल्होसार । यो पर्व हिमाली जातीको चन्द्रमास पात्रोमा आधारित हुन्छ । ६० वर्षको लुनार चक्रमा आधारित यो पर्वको एक चक्र १२ जनवारहरूले बनेको हुन्छ, जसमा ५ वटा तत्त्व हरू समेत समावेश हुन्छ ।

ल्होसार प्रारम्भको दिनमा घरपरिवारले रातो टीका लगाउने, सल्लाको लिंगो घरमा गाड्ने र त्यसमा ध्वजा चढाउने गरिन्छ । त्यस्तै दिनभरि खानपिन गर्ने र साँझपख युवकयुवती घरआँगान, खेतमा बाजासहित भोटे सेलो नाच्ने चलन छ ।

ल्होसार पर्वमा लामागुरु र अतिथिहरुलाई एक वर्ष पुरानो छ्याङ दिने चलन छ । ल्होसारमा बौद्धगुम्बा पनि मेला लाग्ने गरेको छ ।

वर्षको गणनाः मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बदेल नाममा गरिन्छ जसमा जल, काठ, अग्नि, भूमि र फलाम गरी पाँच तत्त्वहरूको समावेश गरिएको हुन्छ र प्रत्येक १२ वर्षमा यो चक्र दोहोरिन्छ । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here