माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स कारोबारको लाइसेन्स

काठमाडौं ।​ माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

‘हामीले विदेशबाट डिजिटल माध्यमबाट नै नेपालको कुनै पनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरूलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिट्यान्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो ।’

यसका साथै माईपे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजारभन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीको भनाइ रहेको छ ।

परम्परागत रूपमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई नयाँ आयाम दिँदै न्यूनतम् लागतमा रेमिट्यान्स पठाएर आफ्ना ग्राहकहरूलाई अतिरिक्त लाभ महसुस गराउने कम्पनीको योजना रहेको भट्टराईले बताए ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रूपमा माईपेले लाइसेन्स प्राप्त गरेको हो । नयाँ विनियमावलीमा नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको लाइसेन्सका लागि २ कारोड चुक्ता पुँजीलाई बढाएर १० करोड पुर्याएको थियो ।

माईपे मनि ट्रान्सफरले लाइसेन्स पाएसँगै हालसम्म रेमिट्यान्सका कारोबारका लागि ३७ वटा कम्पनीहरूले इजाजतपत्र प्राप्त गरेका भएपनि हाल २१ कम्पनीहरूको मात्रै सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here