६१ किलो सुन तस्करीमा जोडिएकी कमलाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंको पत्राचार पछि कमलालाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

गएको साउनमा काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा उनको संलग्नता देखाएको थियो । उनी बेल्जियम मूलका तिब्बती नागरिक दावा लामाकी श्रीमती हुन् ।

दावा सोही मुद्दामा हाल पुर्पक्षका लागि थुनामा छन् । तर, कमला भने फरार छिन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो।

सुरूमा विभागले अनुसन्धान गरेपनि पछि अन्तरदेशीय अपराध र संगठित अपराध जोडिएपछि सिआइबीले अनुसन्धान थालेको थियो। दावा छिरिङलाई विभागकै टोलीले पक्राउ गरेपछि अमला भने फरार भएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here