पहिलोपटक टेस्ट विश्व वरीयताको शीर्ष स्थानमा उक्लिए बुमराह

एजेन्सी । भारतीय बलर जसप्रित बुमराह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टेस्ट विश्व वरीयतामा पहिलोपटक शीर्ष स्थानमा उक्लिएका छन्।

इङ्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आईसीसी वरीयतामा शीर्ष स्थानमा उक्लिएका हुन् । बुमराह अस्ट्रेलियाका प्याट कमिन्स, अश्विन र रबाडालाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् ।

बुमराहको हाल ८८१ रेटिङ अंक छ, जुन उनको करियरकै उत्कृष्ट हो । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् । ३० वर्षीय बुमराहले ३४ टेस्टमा १५५ विकेट लिएका छन् । उनको नाममा १० पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिने कीर्तिमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here