नेपाल शान्ति मिसनमा सबैभन्दा बढी सुरक्षाकर्मी पठाउने देश

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थालेको साढे ६ दशकपछि नेपाल उक्त मिसनमा सैनिक पठाउने मुलुकको वरीयतामा एक नम्बरमा पुगेको छ ।

यूएन पिसकिपिङ वेबसाइटको पछिल्लो अपडेटअनुसार नेपाल सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुक बनेको हो । यसअघि बंगलादेश सबैभन्दा बढी शान्ति मिसनमा सुरक्षाकर्मी खटाउने देश थियो।

नेपाल दोस्रो स्थानमा थियो। तर २०२३ नोभेम्बर ३० को तथ्यांक अनुसार हाल नेपालबाट ६ हजार २ सय ४७ जना सुरक्षाकर्मी शान्ति मिसनमा खटिएका छन्।

नेपालबाट विशेषज्ञका रुपमा ४२ जना, युनिटबाट १८० जना, प्रहरी एड्भाइजरका रुपमा व्यक्तिगत नियुक्तीमा ५६, स्टाफ अधिकृतहरु १०४ जना र अन्य फौज ५ हजार ८६५ जना खटिएका छन्।

भारत ६ हजार ७३ शान्ति सैनिक पठाएर तेस्रो नम्बरमा छ । यस्तै, चौथोमा रुवान्डा, पाँचौंमा पाकिस्तान, छैटौंमा इन्डोनेसिया, सातौंमा घाना, आठौंमा पाकिस्तान, नवौंमा इजिप्ट र दसौं नम्बरमा मोरक्को छन् ।

नेपालले सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रत मुलुकहरूमा शान्ति स्थापनाका लागि काम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here