अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिवाना, ६ महिनासम्म कैद

काठमाडौं । अब इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गरेमा २५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बुधबार प्रतिनिधि सभाले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशोधित विधेयक अनुसार सरकारले तोकेको क्षेत्रमा तथा तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

इजाजतपत्र नलिई कसैले घरजग्गा सम्बन्धी कारोबार गरे २५ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

संशोधित विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

यस्तै, बुधबार बसेको बैठकले सम्पति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पनि बहुमतले पारित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here