क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल , सूर्य र रिजनको डेब्यू

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध विहीबार सुरु हुने ओडीआई सिरिजको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

रोहित पौडलको कप्तानीका उत्रिने नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन्।

क्यानडाले अहिलेसम्म ८२ एकदिवसीय खेल खेल्दा २० खेलमा जित हात पारेको छ। क्यानडाले भारतबाहेक स्थायी सदस्यसँग एकदिवसीय खेल खेलिसकेको छ भने कुल २० देशसँग एकदिवसीय खेल खेलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here