दीपेन्द्रसिंह ऐरीले गल्फ जाइन्टबाट यूएईको फ्रेन्चाइज लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको टी-२० फ्रेञ्चाइज लिग आइएल टी-२० खेल्ने भएका छन्।

उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए।

यूएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here