पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेअर’को तस्बिरलाई विश्वप्रतिष्ठित पुरस्कार

एजेन्सी । पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को तस्बिरले विश्वप्रतिष्ठित पुरस्कार जितेको छ।

ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ‘वाइल्डलाइफ फोटाग्राफरअफ द इयर पिपल्स चोइस अवार्ड’ पाएको छ। सिरिखानीले यो फोटो नर्वेको स्पार्भार द्वीप समूह नजिक तीन दिनको पर्खाइपछि खिच्न सफल भएको बीबीसीले जनाएको छ ।

सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन्। “सारिखानीले खिचेको यो आश्चर्यजनक र हृदयस्पर्शी तस्बिरले हामीलाई पृथ्वी कति सुन्दर र संवेदनशील छ भन्ने देखाउँछ ।

पिपल्स चोइस अवार्डका लागि विश्वभरबाट भोटिङ गरिएको थियो । सिरिखानीले खिचेको बरफमाथि सुतिरहेको भालुको फोटोले ७५ हजारभन्दा बढी भोट पाएको थियो । लिङ्कडइन प्रोफाइल अनुसार सारिखानी सन् २०१७ देखि ह्याम्बलडेन क्यापिटलमा प्रबन्धक साझेदारको रुपमा कार्यरत छन् ।

यस विधाका लागि छानिएका २५ तस्बिरमध्ये अन्य चार उत्कृष्ट तस्बिरलाई ‘हाइली कमेन्डेड’ पुरस्कार दिइएको छ। जलाशयको किनारमा लुकेर चराहरूको तस्बिर खिचिरहेको बेला फिङ्कलस्टाइनले ‘बाल्कन पन्ड’ कछुवा पानीमा हिँडिरहेको देखेका थिए।

त्यही बेला अकस्मात् उक्त कछुवाको नाकमा झ्यालिन्चा आएर बसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here