‘कता हो’ डिजिटल ठेगाना प्रणाली सञ्चालन, के-के छन् सुविधा ?

काठमाडौं । ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली आजदेखि सञ्चालनमा आएको छ । बुधवार क्यान इन्फोटेक २०२४ को उद्दघाटन समारोहमा सो प्रणालीको शुभारम्भ गरिएको हो । रामलक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो प्रणालीले नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको हो ।

यसले ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने नेपाल सरकारको ठूलो धनरासी बचत हुने बताइएको छ । कम्पनीका अनुसार शहरी विकास मन्त्रालय तथा टोल विकास समितिबाट राखिएका घरका नम्बरसमेत यस्तो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिनेछ ।

यस्तो प्रणाली व्यक्ति, उद्यमी, डेलिभर कम्पनी, राइड सेयरिङ कम्पनी, आपत्कालीन सेवा, सरकारी निकायलगायत धेरैलाई उपयोगी हुने पनि कम्पनीको दाबी छ ।

यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ । यो प्रणाली सबैका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा पहिलो– यो प्रणालीप्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् ।

गाउँ तथा नगरपालिकाहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न सक्छन् । लगत संकलनमा सबभन्दा पहिलो काम स्थान विशेषको पहिचान हो । त्यो चाहे घरको नम्बर होस्, खेतीयोग्य जमिन होस्, सार्वजनिक स्थान होस्, बाटोघाटो पुलपुलेसा जस्ता स्थिर चिजका लागि हरेकको ठेगाना अक्षांस र देशान्तरको रूपमा राख्न त सकिन्छ तर त्यसरी राख्दा त्यो एउटा अंकको रूपमा मात्र बस्छ । २८० मिटर लम्बाइ तथा २८० मिटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुन्छ । साथै भविष्यमा गरिने हरेक प्रकारका व्यवस्थापनमा यसले अहम् भूमिका खेल्न सक्छ ।

सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरुले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन कुन क्षेत्रका कुन कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि प्रस्टै देखिन्छ ।

पालिकाले दैनिक गर्नुपर्ने काम, जस्तैः फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारी लगायतमा ‘कता हो’ डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्न सकिन्छ । ठेगाना प्लेटमा रहेको क्युआर कोड स्क्यान गरी फोहरको परिमाण, सामाजिक सुरक्षाका भत्ता लगायत सूचना तथा जानकारीका प्रमाण राख्न सकिन्छ ।

दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुन्छ । पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ ।

पालिकास्तरबाट नियमित अनुगमन गर्नुपर्ने सार्वजनिक निर्माण, भवन निर्माण जस्ता फिल्डमा हुने कामका लागि स्थान पहिचान एकदमै चुनौतीपूर्ण हुने गरेको छ । पालिकासँगको सीमित स्रोत, साधनका कारण कुनै निर्माणस्थलमा अनुमतिभन्दा अधिक स्थान ओगटेर निर्माण भइरहेको वा तोकिएभन्दा कम काम भइरहेको पत्ता लगाउन मुस्किल हुन्छ । ‘कताहो’ डिजिटल ठेगाना प्रणालीमार्फत् त्यस्ता क्षेत्रहरू कुनै पनि स्मार्टफोनको सहायताले पहिचान गर्न सकिन्छ । यसले स–साना सेक्टरलाई (३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइ) समेत समेट्न सक्ने भएकाले स्थान पहिचान तथा अनुगमन एकदमै चुस्त दुरुस्त राख्न मदत गर्छ ।

ताल तलैया, सार्वजनिक वन, पार्क लगायत स्थानको अतिक्रमणरोकथामको लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिन्छ र त्यसको समूह ठेगाना कोड ९द्यबतअज ऋयमभ० को माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोगचलनमा सहज किसिमले रोक लगाउन सकिन्छ ।

घर नम्बर जडानका साथै माथि उल्लेखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिन्छ ।

कताहो बारे थप जानकारी

‘कताहो’ वेबर मोबाइल एप (एन्ड्रोइड र एप्पल) भर्सनमा उपलब्ध छ । एपमार्फत आम सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्यासमाधान हुन्छ ।

‘कताहो’ एप नेपाल र नेपाल जस्तै ठेगाना पूर्वाधारमा थोरै काम भएका देशका लागि विकासगरिएको हो । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ ।

डिजिटल नम्बर प्लेट भनेको के हो ?

डिजिटल नम्बर प्लेट भन्नाले नेपालको सम्पूर्ण क्षेत्रफललाई ३.५ मिटर लम्बाइ र २.८ मिटर चौडाइका १५ अर्ब २ करोड हाराहारीप्लटमा विभाजन गरी हरेक प्लटका लागि शब्द र अंक मिलाएर युनिक नाम (नदोहोरिने नाम) दिइने ठेगाना प्रणाली हो ।

डिजिटल घर नम्बरप्लेट बनाउन कति खर्च लाग्छ ?

डिजिटल घर नम्बर प्लेट बनाई एक अर्कामा सेयर गर्न, बैंक तथा अन्य निकायका प्थ्ऋ फारममा कोड राख्न सर्वसाधारणले कुनै शुल्क तिर्नु पर्दैन । तयार भएको ठेगाना प्लेटलाई आफ्नो घरमा टाँस्नका लागि भने नजिकको प्रिन्टरकहाँ गएर छपाउनुपर्छ । छपाउँदा प्लेट र प्रिन्टको गुणस्तर अनुसारलाग्ने मूल्य तिरे पुग्छ ।

प्लेट बनाएर नटाँसीकन पनि आफ्नो ठेगाना दिन सकिन्छ ?

भौतिक रूपमा घर नम्बर प्लेट नबनाइकन पनि तपाईंले आफ्नो ठेगाना जो कसैलाई दिन सक्नुहुन्छ । त्यसको लागि आफ्नो घरको मुख्य प्रवेशद्वारमा उभिएर ‘कताहो’ एपमार्फत् २ मिनेटमै डिजिटल प्लेट तयार गर्न सकिन्छ । त्यो डिजिटल प्लेटलाई आफन्त, प्रहरी, दमकल, राइड सेयरिङ, सामान डेलिभरी, कुरियर जस्ता सेवा प्रदायकसँग सेयर गरी तुरुन्तै सेवा लिन सकिन्छ ।

हामीले पहिल्यै ठेगाना प्लेट जडान गरिसक्यौं, यसको के काम ?

स्थानीय सरकार वा टोल समाजबाट यहाँले ठेगाना प्लेट जडान गरिसकेको भए पनि पुरानो प्लेटको विवरण योनयाँ डिजिटल प्लेटमा राख्न सकिनछ । ‘कताहो’एपमार्फत् बन्ने प्लेटमा स्थानीय निकायको नाम तथा वडा नम्बर समेत समावेश हुन्छ । ती विवरणलाई क्युआर कोडमा पनि राखिएको हुनाले सेवा प्रवाहका लागि यो कुरा महत्वपूर्ण हुन्छ । त्यस्तै संघीय सरकार र स्थानीय सरकारको पहलमा मेट्रिक तथा अन्य प्रणालीबाट राखिएका ठेगानालाई समेत यस प्रणालीमा समावेश गर्न सकिन्छ ।

घर नम्बरका अलावा यसमा अरु के के सुविधा छन् ?

‘कताहो’ प्रणाली घर ठेगाना प्लेट तयार पार्न मात्र बनेको प्रणाली हैन । यो नेपालको समग्र ठेगानापूर्वाधारको लागि तयार भएको अत्याधुनिक विकास हो । यसले घर, गोठ मात्र नभई सम्पूर्ण जमिनको एक एक भागको ठेगाना तयार गर्न सक्छ ।

घर नम्बरप्लेट तयार गर्दाक्युआर कोड समेत राखिन्छ । घरमा आइपुगेको व्यक्तिले त्यही क्युआर कोडमार्फत् घन्टी समेत बजाउन सक्छ । त्यही क्युआर कोडमार्फत् फोहर संकलनको जानकारी दिने, सर्भे गर्ने, स्थानीय स्तरको सूचना प्रवाह जस्ता काम छिटो र कम लागतमा गर्न सकिन्छ ।

कताहो कोडमा प्रयोग भएका शब्दहरूको मतलब के हो ? ती शब्दहरू कसरी प्रयोग गरिएको छ ?

ठेगाना भनेको सबैले बोल्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने मान्यतामा सामान्य नेपाली नागरिकले बोल्ने नेपाली भाषाका एकदमै सजिला शब्दर अंक मिलाएर यो नयाँ प्रकारको ठेगाना कोड बनाइएको छ । यसमा जम्मा ४०० नेपाली शब्दप्रयोग भएका छन् । यो ठेगाना प्रणालीमा ४ वटा भाग छन्– पहिलो, सेक्टर कोड नम्बरमा (१ देखि २८ वटा), दोस्रो सब–सेक्टरकोड शब्दमा । यसमा ४०० वटा शब्दले आआफ्ना सब सेक्टर जनाउँछन् । तेस्रो, लोकल कोड यसमा पनि सब–सेक्टरका शब्द ४०० वटा रहन्छन् र अन्तिम अर्थात् चौथोमा ४ वटा अंकको घर नम्बर रहन्छन् । हामीले ठेगाना सेयर गर्नुपर्दा अन्तिमको ४ वटा घर नम्बरकोअंक र लोकल कोडको शब्द सेयर गरे पुग्छ ।

एउटा ठेगाना कति आकारको हुन्छ ?

३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइसम्मको सानो आकारमा ‘कताहो’प्रणालीमार्फत् एउटा ठेगाना बनाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here