प्रहरीमा खुल्यो एकैपटक ठूलो संख्यामा जागिर, खेलाडीदेखि भान्सेसम्म माग (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्या नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा १९ सय बढीका लागि दरखास्त आह्वान गरेको हो ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ ।

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालय भर्ना शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here