कोशीमा सरकारले पायो पूर्णता, अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बनेका छन्। सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

कांग्रेसकै इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनीताकुमारी गुरुङलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले नै राखेका छन्।

नेकपा (माओवादी केन्द्र)बाट उदयपुरका नारायण बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र संखुवासभाका राजेन्द्र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here