सन्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।

रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् ।

रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । टी- १० फर्म्याटमा हुने मैत्रीपूर्ण खेल खेलमा ४ टीम सहभागी हुनेछन् ।

सहभागी हुने टीममा लेजेन्ड्स ९६, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को विश्वकपमा सहभागी टोली र रेस्ट अफ नेपाल छन् । पारसले सन् २०१४ को विश्वकपमा सहभागी टोलीको कप्तानी गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here