क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानढाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नभनीत धलिवाल ४६, पर्गत सिंह ३८, निकोलस किर्टोन २०, दिलप्रीत बाजवा १९, शाहिद अहमड्जाइ १३, हर्ष ठकेर ३ र कप्तान साद बिन जाफर १ रन बनाएर आउट भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here