मेस्सीले नखेलेपछि चीनमा विश्वविजेता अर्जेन्टिनाका दुई खेल रद्द

एजेन्सी । हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ । गत आइतबार अर्जेन्टिनाका कप्तानले हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेल नखेलेपछि चीनमा रहेका समर्थकहरू उनीबाट रुष्ट बनेका हुन् । मेस्सीले हङकङमा भएको खेल नखेलेको विषयमा विवाद चर्किंदै जाँदा चीनले यस्तो निर्णय लिएको हो।

विश्वविजेता अर्जेन्टिनाले चीनमा दुई खेल खेल्ने तय भएको थियो। मार्चमा अर्जेन्टिनाले हाङचाउमा नाइजेरियासँग र बेइजिङमा आइभेरी कोस्टसँग खेल खेल्ने तालिका थियो।

मेस्सी नखेलेपछि हङकङमा समर्थकहरूले इन्टर मियामीका मालिकसमेत रहेका डेभिड बेकह्याम र मेस्सीविरुद्ध नाराबाजी गर्दै आफ्नो पैसा फिर्ता मागेका थिए । विरोधपछि आयोजकले टिकटको ५० प्रतिशत रकम फिर्ता गर्ने वाचा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here