काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्तरूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

शान्तिबाटिकामा भेला भएर नारा जुलुस गर्दै महानगर कार्यालय घेराउ गर्न पुगेका प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।

शान्तिबाटिकाबाट जुलुससहित प्रदर्शन गरेका उनीहरुल काठमाडौँ प्लाजा पुगेर धर्ना दिएका थिए। काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यापारीहरु निरन्तर आन्दोलित छन्।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाए । उनले आफूहरुले फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटरेर लिएर गएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here