म्याक्सवेलले गरे रोहितको कीर्तिमान बराबरी

काठमाडौं । अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले टी-२० अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी शतक प्रहार गरेका छन्। आइतबार एडिलेडमा वेस्ट इन्डिजविरुद्ध भएको दोस्रो टी-२० खेलमा म्याक्सवेलले नटआउट १२० रन जोडे। उनले ५५ बल खेल्दा १२ चौका र ८ छक्का प्रहार गरे। यो उनको टी-२० आई करिअरको पाँचौं शतक हो ।

यससँगै उनले पाँचौ टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्न सफल भए भने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरे। भारतका कप्तान रोहित शर्माले पनि टी-२० अन्तर्राष्ट्रिय खेलमा पाँच शतक प्रहार गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here