टस जितेर नेपाल बलिङ गर्दै, हेमन्तको डेब्यु

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट सुरु हुने खेलमा नेपाल सिरिज क्लिन स्विपको लक्ष्यसहित मैदान उत्रिँदै छ ।

नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो । सिरिज कब्जा गरिसकेको नेपालले आज पनि जित निकाले सिरिज नै क्लिन स्विप गर्नेछ ।नेपालबाट हेमन्त धामीले डेब्यु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here