सगरमाथा आधार शिविरमा चम्किलो बत्ती बाल्न निषेध, बार, बेकरी,स्पा चलाउन नपाइने

काठमाडौं । सगरमाथा आधार शिविरमा अब चम्किलो झिलिमिली बत्ती बाल्न निषेध गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापनबारे बनाएको एक कार्यविधिमा यस्तो उल्लेख छ ।

कार्यविधि कार्यान्वयनमा आइसकेको छ । कार्यविधिले क्याम्प परिसरमा आवश्यक बाहेक आधार शिविरमा लामो दूरीसम्म देखिने चम्किलो र टाढाबाट नै झिलिमिली देखिने गरी बत्ती बाल्न निषेध गरेको छ ।

आपतकालीन अवस्था बाहेक रात्रिकालीन समयमा क्याम्प परिसरमा बत्ती अनिवार्य बन्द गर्नुपर्ने छ । आधार शिविरमा क्याम्प बनाउँदा ढुंगालगायत स्थानीय सामग्री तोफोड गर्न समेत निषेध गरिएको छ ।

सगरमाथा क्षेत्रमा अब व्यावसायिक बार, बेकरी क्याफे र स्पा सञ्चालन जस्ता गतिविधिमा रोक लागेको छ ।

मनोरम प्राकृतिक दृष्य तथा वैभवशाली शेर्पा संस्कृतिका कारण यो विश्व सम्पदा सूचीमा परेको भन्दै गाउँपालिकाले सगरमाथा क्षेत्रको सांस्कृतिक संवेदनशीलता मध्यनजर गर्दै यस्ता गतिविधिमा रोक लगाएको जनाएको छ । गाउँपालिका भित्रका कुनै पनि हिमाल चुलीका आधार शिविरमा आरोहण दल, ट्रेकिङ एजेन्सी, होटल व्यवसायी वा कुनै पनि व्यक्ति वा संस्थाले व्यावसायिक गतिविधिका लागि स्थायी टेन्ट बनाउन पाउने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here