२०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै सुदूरपश्चिम र कम गण्डकी प्रदेशमा

काठमाडौं । नेपालमा गरिबीको रेखामुनिको जनसंख्या २०.२७ प्रतिशतमा झरेको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ।
यसअघि २०६६/६७ गरिबीको रेखामुनी रहेको जनसंख्या २५.२ प्रतिशत थियो। १२ वर्ष अघिको तुलनामा ५ प्रतिशत विन्दुले गरिबी घटेको देखाएको हो। सरकारले वार्षिक ७३ हजार रूपैयाँभन्दा कम उपभोग गर्नेलाई गरिबीको रेखामुनी राखेको छ।

खाद्य गरिबी मापन गर्ने क्रममा एक व्यक्तिले प्रतिदिन २२ सय ३६ किलो क्यालोरी प्राप्त गर्नेलाई गरिबीको रेखामाथि राखिएको छ। यस अघि यस्तो क्यालोरी २२ सय २० क्यालोरी थियो। सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here