९४ प्रतिशत नेपालीको हातमा फोन, कतिले चढ्छन् कार ?

१ फागुन, काठमाडौं । नेपालमा ९४ प्रतिशत नेपालीको हातमा फोन–मोवाइल फोन पुगेको पाइएको छ । नेपाल जीवनस्तर सर्वेक्षणले यस्तो देखाएको छ । केन्द्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १२ वर्षको अवधिमा मोवाइल बोक्ने नेपालीको संख्यामा ठूलो वृद्धि भएको हो ।

आव २०६६–६७ मा यो संख्या ६१.७९ प्रतिशत मात्र थियो । नेपालमा २० प्रतिशत भन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेको छ । तर, मोवाइल भने ९० प्रतिशत भन्दा माथि पुग्नुले गरिब घरपरिवारमा समेत मोवाइलको भने पहुँच पुगेको देखिएको हो ।

पछिल्लो समय नेपालीको उपभोगमा समेत व्यापक वृद्धि भएको छ । १२ वर्ष अगाडीको तुललनामा नेपालीको औसतः उपभोग खर्च ६६ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ ।

कतिले चढ्छन् कार ?
तथ्यांक अनुसार नेपालमा १.८५ प्रतिशत जनसंख्यामा मात्र आफ्नो कार रहेको छ । यसको वृद्धिदर भने त्यति व्यापक बनिसकेको छैन । १२ वर्ष अगाडी ०.८२ प्रतिशत जनसंख्या कार चढ्ने गरेको थियो ।

मोटरसाइकल चढ्ने नेपालीको संख्यामा भने व्यापक वृद्धि भएको छ । अहिले कुल जनसंख्याको २५.१५ प्रतिशत नेपाली मोटरसाइकल चढ्छन् । यो संख्या १२ वर्ष अगाडी भने ९.१८ प्रतिशत मात्र थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here