रुविना अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी

काठमाडौं । रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा रुविनाले शतक प्रहार गरेकी हुन् । नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् ।

नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।

नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here