नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार जीत हासिल गरेको छ । नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।

नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भएको हो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना शून्य रनमा आउट भए । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए ।

माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको हो। समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो।

लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here