कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट

काठमाडौं । एसीसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन्। सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ‌ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन्।

१३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् । तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् ।

चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।आजको खेलमा जित हात पारे नेपालले सेमिफाइनलमा जापान वा मेलेसिया मध्ये एक टिमसँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here